Puran Kumal Official
Technical Information Blog for You 🤗

पब्जी विश्वकपमा डीआरएस उपविजेता बनेपछि भायानेटले मनायो विजय उत्सव

Share This

काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ मा उपविजेता बनेपछि नेपाली टिम डीआरएस गेमिङको चर्चा चुलिएको छ । पब्जी विश्वकपका रुपमा चिनिएको पीएमजीसीमा डीआरएसले पाएको उपलब्धिलाई नेपालको खेलकुद क्षेत्रकै ठूलो सफलताका रुपमा हेरिएको छ ।

यसैबीच डीआरआएसको विजयलाई उत्सवका रुपमा मनाउन इन्टरनेट सेवाप्रदायकले एक कार्यक्रम गरेको छ । डीआरएसको प्रायोजक एवं आईएसपी पार्टनर रहेको भायानेटले उपविजेता टोलीको सम्मान र बधाई कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा डीआरएसका टोली सदस्य दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापति र समर गुरुङलाई भायानेटकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहराले सम्मान गरिन् ।

कार्यक्रममा डीआरएसले पीएमजीसी ग्लोबल च्याम्पियनशिपको आफ्नो फाइनलसम्मको प्रेरणादायी यात्रा र उनीहरूको ग्लोबल पीएमजीसी एरेनामा अगाडि बढ्न नेपालको इन्टरनेट कनेक्टिभिटीको भूमिकाबारे चर्चा गरिएको थियो ।

डीआरएसका गेमरहरूले नेपालको इन्टरनेट कनेक्टिभिटीले नेपाली ई-स्पोर्टस् उद्योगलाई विकसित गर्न र व्यावसायिक गेमरहरूलाई विश्वव्यापी प्रतिस्पर्धा गर्न सहयोग गरेको भनाइ राखेका थिए । डीआरएस गेमिङका अपरेसन प्रमुख संगिन भट्टराईले कम पिङ, स्थिर जडान र शीघ्र सेवाका कारण भायानेटको इन्टरनेट आफूहरूको पहिलो रोजाइमा परेको बताए ।

भायानेटकी सीईओ सेवा पाठकले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्न गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने भनाइ राखिन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
+1
1
+1
20
+1
0
+1
15
+1
0
+1
0
+1
0
Share This