Puran Kumal Official
Technical Information Blog for You 🤗

मोबाइलमा पानी पस्दा के गर्ने ? थाहा पाइराख्नुस्, अप्ठ्यारोमा काम लाग्छ

Share This

काठमाडौं । मोबाइल भिजेको वा पानीमा खसेको अवस्थामा सबैभन्दा के गर्ने त ? सबैभन्दा पहिले यदि फोन अन छ भने अफ गरिदिनुहोस् । बन्द गरिसकेपछि कुनै पनि बटन दबाउने वा अन गर्ने कोशिश नगर्नुहोस् । यसो गर्दा फोनमा शर्ट सर्किटको खतरा टर्नेछ ।

 

यदि तपाईंसँग पुरानो फोन छ र त्यसमा ब्याट्री झिक्न मिल्ने सुविधा छ भने ब्याट्री, मेमोरी कार्ड र सिम कार्डलाई सजिलो गरी निकाल्नुहोस् । यदि फोनमा नन् रिमुभल ब्याट्री छ भने शर्ट हुने खतरा रहिरहन्छ । अब फोनलाई पंखाको मुनी वा हेयर ड्रायर (ब्लोअर) मार्फत सुकाउनु होस् । फोनमा देखिने पानीलाई कपडा वा पेपर न्याप्किनले पुछ्नुहोस् ।

 

यदि तपाईंसँग हेयर ड्रायर छैन भने फोनलाई सुक्खा चामलको बीचमा राख्नुहोस् । तर चामलको गेडा हेडफोन ज्याकबाट भित्र जानसक्ने कुरामा ख्याल गर्नुहोस् । यसरी फोनलाई कम्तिमा २४ घण्टासम्म सुक्नका लागि छोडिदिनुहोस् । भिजेको फोन सुकाउने यो नै सबैभन्दा उपयोगी अनि सजिलो उपाय हो ।

 

अब फोनलाई चामलबाट बाहिर निकालेर अन गर्नुहोस् । यदि फोन अन भएन भने चार्जमा लगाउनुहोस् । त्यसपछि पनि फोन खुलेन भने नजिकैको मोबाइल बनाउने ठाउँमा वा सम्बन्धित सर्भिस सेन्टरमा जानुहोस् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share This