Puran Kumal Official
Technical Information Blog for You 🤗

आजदेखि ई-सिम वितरण गर्दै टेलिकम, यस्ता छन् सपोर्ट गर्ने फोन

Share This

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आज शुक्रबारदेखि इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को व्यावसायिक सुरुवात गरेको छ । हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात् गाँस्न सकिने ई–सिम ग्राहकलाई उपलब्ध गराउने भएको हो ।

 

पछिल्लो समय बजारमा आएका विभिन्न ब्रान्डले अपडेटमार्फत ई-सिम सपोर्ट गर्ने फिचर ल्याइरहेका छन् । ई-सिमका लागि स्मार्टफोन निर्माता कम्पनीले पहिले नै फोनमा ई-सिमको चिप जडान गरेको हुनुपर्छ ।

 

ई-सिमको विकास सन् २०१७ मा भएको भए पनि यो हालसालै मात्र प्रचलनमा आइरहेको प्रविधि हो । कतिपय देशमा यो प्रयोगमा आइसकेको छ भने कतिपय देशमा आउने क्रममा छ । त्यसैले सबै ब्रान्डका डिभाइसमा ई-सिमको चिप जडान नगरेको हुनसक्छ । आजको मितिसम्म तल उल्लेख गरिएका फोनमा ई-सिम सपोर्ट गर्नेछ ।  

यी डिभासमा सपोर्ट गर्छ ई-सिम;

आईफोन

iPhone XR

iPhone XS

iPhone XS Max

iPhone 11

iPhone 11 Pro

iPhone 11 pro Max

iPhone SE 2 (2020)

iPhone 12

iPhone 12 Mini

iPhone 12 Pro

iPhone 12 Pro Max

iPhone 13

iPhone 13 Mini

iPhone 13 Pro

iPhone 13 Pro Max

iPhone SE 3 (2022)

iphone 14

iphone 14 plus

iphone 14 pro

iphone 14 pro Max

आईप्याड

iPad Pro 11″ (model A2068, from 2020)

iPad Pro 12.9″ (model A2069, from 2020)

iPad Air (model A2123, from 2019)

iPad (model A2198, from 2019)

iPad Mini (model A2124, from 2019)

सामसङ

Samsung Galaxy S20

Samsung Galaxy S20+

Samsung Galaxy S20 Ultra

Samsung Galaxy S21

Samsung Galaxy S21+ 5G

Samsung Galaxy S21 Ultra 5G

Samsung Galaxy S22

Samsung Galaxy S22 5G

Samsung Galaxy S22 Ultra

Samsung Galaxy Note 20 Ultra

Samsung Galaxy Note 20 Ultra 5G 

Samsung Galaxy Fold

Samsung Fold LTE model

Samsung Galaxy Fold 3

Samsung Galaxy Z Fold2 5G

Samsung Galaxy Z Fold3 5G

Samsung Galaxy Z Flip3 5G

Samsung Galaxy Z Flip3 5G Fold

Samsung Galaxy Z Flip

Samsung Galaxy Note 20 FE 5G

Samsung Galaxy Note 20FE

Samsung Watch (via Samsung Wearable application)

गुगल फोन

Google Pixel 2 (only phones bought with Google Fi service)

Google Pixel 2 XL

Google Pixel 3 XL

Google Pixel 3a XL

Google Pixel 4

Google Pixel 4a

Google Pixel 4 XL

Google Pixel 5

Google Pixel 5a

Google Pixel 6

Google pixel 6a

Google Pixel 6 Pro.

Motorola Razr 5G

ह्यामर

HAMMER Explorer Pro

Hammer Blade 3

Hammer Blade 5G

myPhone NOW eSIM

ई-सिम सपोर्ट गर्ने अन्य फोनहरू

Motorola Razr 2019

Motorola Razr 5G

Nuu Mobile X5

Gemini PDA

Rakuten Mini

Rakuten Big-S

Rakuten Big

Surface Pro X

Honor Magic 4 Pro

Fairphone 4

Vivo X80

अहिले फोनमा मात्र नभई कम्प्युटर पनि ई-सिम सपोर्ट हुने किसिमका तयार पारिएका छन् । तल उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्प्युटरमा ई-सिम सपोर्ट हुन्छ ।

Microsoft Surface Pro X

Microsoft Surface Go 2

Microsoft Surface Pro LTE Advanced

Acer Swift 3

Acer Swift 7

Asus Mini Transformer

Asus NovaGo

Asus VivoBook Flip 14

HP Elitebook G5

HP Probook G5

HP Zbook G5

HP Specter Folio 13

Lenovo Yoga C630

Lenovo Miix 630

Lenovo Yoga 520

Lenovo Flex 5G

Samsung Galaxy Book 2

Dell Latitude 7210 2-in-1

Dell Latitude 9410

Dell Latitude 7310

Dell Latitude 7410

Dell Latitude 9510

Dell Latitude 5410

Dell Latitude 5411

Dell Latitude 5511

माथि उल्लेख गरिएका विभिन्न ब्रान्डका कम्पनीले मात्र हालसम्म ई-सिमको स्वीकृति पाएर ई-सिम सपोर्ट हुने सेवा उपलब्ध गराउँदै आएका छन् । तर सबै देशमा यी फाेनले ई-सिम सपाेर्ट गर्छन् भन्ने पनि हुँदैन ।

त्यो देशको भूगोल तथा आन्तरिक नीतिले गर्दा ई-सिम सपोर्ट गर्ने डिभाइस भएपनि नचल्न सक्छ । हालसम्म ई-सिम सपोर्ट हुने जानकारी दिएका ब्रान्डका फोन मात्र याे सूचीमा समावेश गरिएको छ ।

अन्य फोनको सन्दर्भमा भने कम्पनीले घोषणा गरेको खण्डमा जानकारी उपलब्ध हुनसक्छ ।

के हो ई-सिम ?

ई-सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ ।

यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई-सिम प्रयोगमा आए पश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन ।

मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Share This