Puran Kumal Official
Technical Information Blog for You 🤗

असार २१ मा नेपाली बजारमा जियोनी एम१५ सार्वजनिक हुँदै

Share This

काठमाडौं । चिनियाँ ब्राण्ड जियोनीले आउँदो असार २१ गते नेपाली बजारमा एम१५ स्मार्टफोन भित्र्याउने भएको छ । केही वर्षको अन्तरालपछि कम्पनीले पुनः नेपालमा व्यवसाय सुचारू गर्दै छ । यसअन्तर्गत कम्पनिले आफ्नो पछिल्लो स्मार्टफोन एम१५ का साथ फेरि स्मार्टफोन बजारमा उपस्थिति जनाउन लागेको हो ।

कम्पनीका अनुसार जियोनी एम१५ मिड रेन्जको स्मार्टफोन हाे, जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित ४ वटा क्यामेरा रहेको छ । गेमिङ स्मार्टफोनका रुपमा सार्वजनिक हुने फोनमा उत्कृष्ट प्रविधिको प्रयोग भएको दावी कम्पनीले गरेको छ ।

जियोनी एम१५ मा ६.६७ इन्चको आईपीएस एलसीडी प्यानल अर्थात फुल एचडी डिस्प्ले रहेको छ । जसको रिफ्रेस रेट ६० हर्ज रहेको छ । फोनको पछाडिको भागमा चार वटा क्यामेरा सेटअप छ ।

जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलकाे अल्ट्रावाइड, २ मेगापिक्सेलकाे म्याक्राे क्यामेरा र २ मेगापिक्सेलकाे डेप्थ सेन्सर रहेका छन् । भने, सेल्फीका लागि फोनमा १६ मेगापिक्सेलको क्यामेरा रहेको जनाइएको छ ।

एन्ड्रोइड ११ मा आधारित यो फोनमा मिडियाटेक हेलिया जी९० चिपसेट प्रयोग भएको छ । यो फोन ६ र ८ जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ । डुअल सिमका साथै यसमा छुट्टै माइक्रोएसडी स्लट पनि उपलब्ध हुने जनाइएको छ ।

फोनमा ५१०० एमएएचको ब्याट्री रहेको छ । जसले १८ वाटको फास्ट जार्जिङ सपोर्ट गर्ने जनाइएको छ । फोरजी सपोर्टयुक्त फोनमा सुरक्षाका लागि फिङ्गरप्रिन्ट स्क्यानर उलब्ध रहेको छ ।

यो फोनको नेपाली मूल्यको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । तर अनुमानित रुपमा हेर्ने हो भने ६ जीबी तथा र्‍याम १२८ जीबी रोम भेरियन्टको बजार मूल्य २४ हजारको हाराहारीमा हुनेछ ।

त्यस्तै ८ जीबी र्‍याम तथा १२८ जीबी रोम भेरियन्टको बजार मूल्य २७ हजार ५ सय रहने अनुमान छ । कम्पनीका अनुसार यो फोन ग्रे र ब्लु गरी दुई कलर भेरियन्टमा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share This