Puran Kumal Official
Technical Information Blog for You 🤗

फोनको ब्याकग्राउन्डमा कसरी बजाउने युट्युव भिडिओ ?

Share This

स्मार्टफोन तथा इन्टरनेटको प्रयोग बढ्दै गएपछि अहिले युट्युवमा भिडियो नहेर्ने वा म्युजिक नसुन्ने कमै हुन्छन् । कम्प्युटरमा त ठीकै छ तर मोबाइलमा युट्युव प्रयोग गर्न स्क्रिन अन भइरहनुपर्छ, स्क्रिन अफ गर्दा वा अर्को एप प्रयोग गर्दा युट्युवको भिडियो बज्न रोकिन्छ ।

 

अब यस्तोमा स्मार्टफोनको ब्याकग्राउण्डमै युट्युवको म्युजिक कसरी प्रयोग गर्ने ? आज हामी तपाईंलाई यसका लागि एकदमै सजिलो टिप्स बताउँदै छौं । यसका लागि तपाईंलाई न त कुनै बेग्लै एपको आवश्यकता छ न त कुनै प्रिमियम सब्सक्रिप्सनको ।

 

केवल तपाईंसँग मोबाइल भए पुग्छ । यदि तपाईं एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने सबैभन्दा पहिला गुगल क्रोम ब्राउजरमा जानुहोस् । त्यसपछि युट्युव डटकम सर्च गर्नुहोस् र भिडियो प्ले गर्नुहोस् ।

 

अब सबैभन्दा माथि दायाँ कुनामा तीन ओटा थोप्ला (⋮) भएको बटनमा दबाउनुहोस् र त्यसभित्र रहेको डेक्सटप साइट (Desktop Site) अगाडिको बक्समा चेक गर्नुहोस् । अब युट्युवमा कुनै गीत वा म्युजिक भिडियो प्ले गर्नुहोस् र होम बटन दबाएर बाहिरिनुहोस् ।

 

यसो गर्दा तपाईंको बजिरहेको युट्युव बन्द हुनेछ । अब आफ्नो मोबाइलको माथि शिरानीबाट तलतर्फ स्क्राेल गरी नोटिफिकेसन प्यानल खोल्नुहोस् र त्यहाँ देखिएको ‘प्ले’ बटन दबाउनुहोस् । अब युट्युवको भिडियो ब्याकग्राउण्डमा आनन्दले बज्न थाल्नेछ ।

 

यदि तपाईं आईफोन प्रयोग गर्नुहुन्छ भने आफ्नो मोबाइलमा गुगल क्रोम वा सफारी ब्राउजरमा युट्युव खोल्नुहोस् । युट्युव खुल्नेबित्तिकै तपाईंले माथि बायाँ कुनामा सानो ठूलो गरी दुई ओटा अंग्रेजी अक्षर ‘A’ देखा पर्नेछ ।

 

त्यहाँ खुल्ने अप्सनमध्ये रिक्वेस्ट डेक्सटप वेबसाइटमा थिच्नुहोस् । यति गरिसकेपछि युट्युवमा आफूलाई मन पर्ने भिडियो प्ले गर्नुहोस् ।

 

अब होम बटन क्लिक गरेर ब्याक हुनुहोस् र नोटिफिकेसन प्यालनमा जानुहोस् । त्यहाँबाट तपाईंले भिडियोलाई पुनः प्ले गर्न सक्नुहुन्छ । अब अर्को कुनै एप खोल्नहोस् वा स्क्रिन लक गरेर फोनलाई एकातिर राख्नुहोस्, कुनै मतलव हुँदैन । ब्याकग्राउण्डमा युट्युव बजिरहन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share This